Logo
Logo

‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तक विमोचन


189
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताएका छन् ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उनले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकालिने गरेकाले समस्या आउने गरेको बताए ।

नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उनले बताए ।

सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उनले जोड दिए ।

‘सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ’, मन्त्री पाण्डेले भने ।

पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताए । मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उनले गराए ।

प्रतिक्रिया दिनुहोस्