Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे शुरु हुनेछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने छन् ।

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्