Logo
Logo

मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखेको नियमावली


1.3k
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् ।

नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको समाचार बाहिरिएपछि मन्त्री चौधरीले त्यसको ठाउँमा सच्याएर नेपाल सरकार बनाएका हुन् ।

नियमावलीको अनुसूची–४(क)को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४)मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको थियो । त्यसमा मन्त्री चौधरीले हस्ताक्षर गरेका थिए ।

टाइप गर्दा गल्ती भएको बताउँदै मन्त्रालयले नियमावली सच्याइएको जानकारी दिएको छ । स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरीले सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालयलाई पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्