Logo
Logo

रास्वपाले उठायो गृहमन्त्रीको नैतिकतामाथि प्रश्न


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रहरी सुरक्षित नहुने देशमा सामान्य नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै गृहमन्त्रीको नैतिकतामाथि प्रश्न गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै खनालले विद्यार्थीहरूको नामममा दादागीरी गर्ने र सत्ता टिकाउन एमालेको भातृ संगठन अखिल समर्थक विद्यार्थीहरूलाई गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘गृहमन्त्रीको कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन आधारमा पदमा बसिरहने हो ? हामीलाई जवाफ दिनुहोला’,उनले भने।

युवाहरू विदेश पलायन भए भनेर सबैको चिन्ता रहे पनि यो देशमा बस्ने वातावरण राज्यले बनाउन नसकेको उनले बताए । उनले भने, ‘सुरक्षा छैन । अनि युवाहरू किन बस्ने यहाँ ? तपाईंहरूलाई भोट हाल्न ?’

केही दिन अगाडि ठमेलमा अस्कलमा पढ्ने एमाले निकट विद्यार्थी नेताहरूले प्रहरीलाई कुटपिट गरेका थिए । प्रहरीमाथि कुटपिट गर्ने दिनेश सिग्देल र रशेम फुलरालाई पक्राउ गरिए पनि मुख्य आक्रमणकारीलाई प्रहरीले अझै पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्