Logo
Logo

काठमाडौंमा सातवटा सडकलाई एकतर्फी बनाइने


4.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सातवटा सडकलाई एकतर्फी बनाउने निर्णय गरेको छ । महानगरले जारी गरेको सूचनाअनुसार निम्नानुसारका सडक अब एकतर्फी हुनेछन् ।

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ हाँडीगाउँ अन्तर्गतका सडकमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको पुस ५ गतेको निर्णयानुसार फागुन ७गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने जनाइएको छ ।

१) काठमाडौँ महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महा‌ङ्काल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२) विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने ।

३ ) हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।

४) नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

५) ढुङ्गेधाराबाट हात्ती महा‌ङ्कालतर्फ प्रवेश निषेध ।

६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

प्रतिक्रिया दिनुहोस्