Logo
Logo

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार


1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् ।

मंगलबार आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्