Logo
Logo

विष्णुलाई शुभकामना दिँदै एलिनाले भने- आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ


2.6k
Shares

काठमाडौं । गायिका एलिना चौहानले आजबाट पति विष्णु सापकोटासँग आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएका छन् ।

उनले लेखेका छन्– ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ, पत्नीका अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै–धेरै शुभकामना विष्णु ।’

उनले त्यसअघि लेखेका छन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रङ्गिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन बाध्यता तिमी, मलाई र भगवान्‌लाई मात्र थाहा छ ।’

एलिनाले गत माघ १८ गते जिल्ला अदालत, काठमाडौंमा पति विष्णु सापकोटासँगक सम्बन्धविच्छेदका लागि मुद्दा हालेकी थिइन्। उनले यस्तो लेखेसँगै अदालतले कानूनी रूपमै सम्बन्धविच्छेद गरिदिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्