काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव रामप्रसाद घिमिरे र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई हटाएका छन् ।

सोमबार बसेको मन्त्रिरिषद् बैठकले अर्थसचिव घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।














