काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफ्नाहरूलाई जोगाउने मात्रै काम गरिरहेको आरोप लगाएका छन् ।

मङ्गलबारको संसद् बैठकको विशेष समयमा बोल्दै उनले लुम्बिनी प्रदेशका सांसद रेखा शर्मालगायतका नेकपा (एमाले) नेताहरूको सन्दर्भ कोट्याउँदै उनले भने, ‘म अनुरोध गर्न चाहन्छु– ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुल्लमखुल्ला छ भनेर कानुन ल्याऔँ ।’
उनले अब दुईरदुईवटा ल्याउनुपर्ने भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘अब ओली सरकारको र नेपाल सरकारको कानून ल्याऔँ। प्रहरी पनि ओली सरकारको र नेपाल सरकारको भनेर बनाऔँ। महान्यायाधिवक्ता, प्रधानन्यायाधीश सबै दुई दुईवटा बनाऔँ ।’
उनले ओली सरकारमा नेपाली कांग्रेस चुप लागेर बसिरहेको बताए ।














