Logo
Logo
संसद बैठक

जनार्दन शर्मा भन्छन्- अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो


1.9k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको टिप्पणी गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले भने, ‘मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ? त्यसलाई छिटो छलफलमा ल्याउनुपर्‍यो ।’

त्यस्तै, उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए । उनले संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्