Logo
Logo

समाजवादी प्रेस संगठन सुनसरी जिल्ला कमिटी पुर्नगठन


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन, सुनसरी जिल्ला कमिटी पुर्नगठन गरिएको छ । संगठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठको उपस्थितिमा मंगलबार इटहरीमा भएको भेलाले पत्रकार पीबी दियालीकाे अध्यक्षतामा पुर्नगठन गरिएको हो ।

यसअघि जिल्ला संगठनकाे अध्यक्ष रहेका प्रेम बास्तोला लगायतले संगठनको बिधान, सिद्धान्त र मुल्यमान्यता बिपरित नीति नैतिकता एवं आचरणको उलंघन गरेकाले उनीहरुलाई संगठनको साधारण सदस्यसमेत नरहने गरि कार्बाही गरि पत्रकार दियालीको संयोजत्व एवं अध्यक्षतामा पुर्नगठन गरिएको समाजवादी पे्रस संगठन, सुनसरीले जनाएको छ ।

पुर्नगठित कमिटीमा पुनम बिक, लिला घिमिरे, रिकेश रामदाम, संगीता बिक, रंगिता बिक, सुनिता बिक, बिबश लाम्गादे, लोकराज निरौला, स्वर्णिमहा फोम्बो, अम्बिका बिक, जुलि शंकर र अर्जुन उप्रेती सदस्य रहेका छन् । पुर्नगठनपछि संयोजक दियालीले समाजवादी पे्रस संगठनलाई चुस्त दुरुस्त बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्