Logo
Logo

घरायसी विवादमा सासुको हत्या, बुहारी पक्राउ


819
Shares

काठमाडौं । धनुषामा सासुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका– ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई मंगलबार राति पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्