Logo
Logo

थुनामा राख्ने आदेशविरुद्ध छविलाल गए उच्च अदालत


1k
Shares

काठमाडौं । आफुलाई थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सोमबार जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गराएका हुन् ।

उनले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेको भन्दै उक्त आदेश बदर गर्न माग गरेका छन् । यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए ।

उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ । यहि मुद्दामा रास्वपा सभापति रवि लामिछाने भने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्