Logo
Logo

मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासियो


630
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।

सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ ।

एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाइले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्