Logo
Logo

नेकपा एस बागमतीको प्रथम अधिवेशन फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन यही फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

अधिवेशनमा संगठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिइन् ।

पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्