Logo
Logo

एमाले विदुरकाे अध्यक्षमा सञ्जीव श्रेष्ठ निर्वाचित


504
Shares

काठमाडौं । नेकपा (एमाले) नुवाकोटको विदुर नगरपालिका कमिटीमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको चुनावमा प्रतिद्वन्दी अनुजकुमार श्रेष्ठलाई पराजित गर्दै उनी ५२ मतले निर्वाचित भएका हुन् ।

सञ्जीवले १५८ मत पाउँदा अनुजले १०६ मत प्राप्त गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । उपाध्यक्षमा श्यामकृष्ण चालिसे, सचिवमा तोयानाथ तिम्सिना, खुला उपसचिवमा पूर्णबहादुर कार्की र महिला उपसचिवमा करिना नेपाल निर्वाचित भएका छन् ।

लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिना निर्वाचित भएका छन् । मंगलबारबाट सुरू भएको अधिवेशनको उद्घाटन एमाले बागमती इन्चार्ज राजन भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्