काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । गत माघ २७ गतेयता काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि भट्टराईसहित युवा नेता नेत्र चापागाईं प्रत्याशी थिए ।

चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताए ।
नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।














