काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन् ।

भट्टराईले ७६१ मत पाएका छन् भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ । कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन् । उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए ।
माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो ।
महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो । उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।
महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए ।














