Logo
Logo

तीन दिनदेखि लगातार पोखराको वायु प्रदुषण उच्च


315
Shares

कास्की । पोखराको वायुको गुणस्तर हानीकारक देखिएको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार पोखराको गण्डकी बोर्डिङ स्कुल केन्द्रमा राखिएको स्टेसनमा शुक्रबार बिहान ६ बजे एक्युआई (वायु शुद्धता सूचकांक) २०७ पुगेको छ ।

पोखरामा लगातार तीन दिनयता वायु प्रदूषण उच्च बनिरहेको छ । वातावरण विभागका अनुसार भक्तपुरको एक्युआई १८७, शंखपार्कको १८६, ललितपुरको भैंसेपाटीको १७६, रत्नपार्कको १७४, ललितपुरकै खुमलटारको १७२, भरतपुरको १६५, धनगढीको १६४ र हेटौंडाको १६१ छ ।

वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।

विश्वकै प्रदूषित सहरमा शुक्रबार नेपाल चौथो स्थानमा छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने आइक्यु एयरका अनुसार विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर छ । चीनको वुहान दोस्रो, इराकको बग्दाद तेस्रो र काठमाडौं चौथो नम्बरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्