
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको गाडीमा तोडफोड भएको छ ।
गएराति करिब ११ः ३० बजे रोहिणी–३ लक्ष्मीनगरस्थित निवासमै पार्किङ गरेर राखेको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा तोडफोड गरिएको हो ।
गाउँपालिका अध्यक्ष यादवले अज्ञात व्यक्तिले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा चर्किएको र दायाँ साइडको सिसा फुटेको जानकारी दिए ।