
काठमाडौं । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक आजदेखि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले स्तरोन्नति गर्न उक्त सडक बन्द गरिएको जानकारी दिए ।
उनले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।