चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद रहेको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतथा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादलाई रूपान्तरण अभियानबाट हल गर्नुपर्ने समेत बताए ।

उनले पार्टीभित्रको समस्या पुरै हल भइनसकेको भन्दै पार्टी अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने बताए । प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढंगले अघि बढाउने उनको भनाइ छ ।
माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उनले उल्लेख गरे । नेता श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । भरतपुरको विकास क्रान्तिकारी ढङ्गले भएको भन्दै उनले भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रशंसा गरेका थिए ।














