Logo
Logo

रूपन्देहीमा १३ वर्षीया बालिका बलात्कृत, २ जना पक्राउ


1k
Shares

काठमाडौं । रुपन्देहीमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बिहीबार साँझ देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको व्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्