काठमाडौं । त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक भएपछि राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो ।
बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबैतर्फको राजमार्ग बन्द गरिएको छ । कुनै क्षति नहोस् भनेर अहिले दमकलले ‘फोम’ प्रयोग गरेको एसपी सुबदीले बताए । गाडीमा एमोनियाको १७ वटा सिलिन्डर रहेको चालकले प्रहरीलाई बताएका छन् ।