Logo
Logo

अध्यादेशबारे कांग्रेससँग छलफल गर्न सकिन्छ : एकीकृत समाजवादी


13.3k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेससँग अध्यादेशबारे छलफल गर्न सकिने जनाएको छ ।

कांग्रेसले अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्न गरेको निर्णय गरेपछि एकीकृत समाजवादीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र जसपा नेपाल सकारात्मक नभएपछि कांग्रेसले एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको हो ।

सत्तापक्षले अध्यादेश संशोधन गर्ने प्रतिबद्धता जनाए सहयोग गर्न सकिने र सहयोग माग्नुपर्छ भन्ने कांग्रेसको धारणा हुनु स्वाभाविक रहेको एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले कुरा गर्न सकिने तर त्यसबारे कांग्रेसले औपचारिक प्रस्ताव नल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्