Logo
Logo

बिकाश शारडामाथि किन हुन्छ पटक-पटक आक्रमणको प्रयास ?


3.8k
Shares

लहान । सिरहाको लहान यस्तो भूमि हो, जहाँ हरेक राजनीतिक परिवर्तनका लागि भुमिका अंहम् छ ।

मधेश आन्दोलनको शंखघोष गरिएको लहानले नै उपेन्द्र यादव, सिके राउतहरूलाई राष्टिय राजनीतिमा स्थापित गरायो । चमार समुदायको सिन्हो बहिष्कार आन्दोलनदेखि भूमिहिनहरूको आन्दोलनको थलो पनि हो लहान । राजनीतिक आन्दोलनका लागि लहानजती परिचित छ, ब्यापार ब्यावसायका लागि पनि लहान उत्तिकै फेमश छ । कुनैबेला पुर्बकै प्रमुख ब्यापारिक नाका मानिन्थ्यो लहान ।

आजहामी यही लहानका युवा ब्यवसायी, उद्यमी ब्यापारीका बारेमा चर्चा गरिरहेछौँ । उनी हुन्, बिकाश शारडा ।
बिकाश शारडा, सिरहाको लहानमा मात्रै नभएर सिङ्गो मधेश प्रदेशमा यो नाम नयाँ होइन । जिल्लाका ब्यापारीका नेता उनी हालै सुनचाँदी ब्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत हुन् ।

जिल्ला उद्योग वाणिज्य संघका सिरहा जिल्ला अध्यक्ष उनी आफँै पनि सुनचाँदी ब्यवसायी हुन् । लहानमा बिभिन्न उद्योगब्यवसायमा संलग्न उनको पुर्खाको बिँडो थामिरहेका छन् उनी । ब्यापारी नै भएपनि समाजसँगको उनको साईनो समाजसेबीको रूपमा पनि छ । बिभिन्न समस्याहरू निम्तिदा जनसेबामा सक्रिय हुने शारडाले हालै बर्षेनी २ जना दलित बिद्यार्थी आफ्नो ब्यक्तिगत खर्चबाट पढाईदिने घोषणा गरेका छन् ।

कतिपय सहयोग र र सेवाहरूलाई बिकाश प्रचारको माध्याम बनाउँदैनन् । कमाईको केही हिस्सा दिनदुःखी र समाजसेवामा लगाउने आफू र आफ्नो परिवारको पुरानै परिपाटी रहेको बताउँछन् उनी । खासमा लहानको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्दै आएको मारवाडी समुदायको सामूहिक सेवा र दानको नभएर हामी यहाँ बिकाश शारडाको ब्यक्तिगत सहयोग र सेवाको बारेमा कुरा गरिरहेका छौँ ।

ब्यापारी ब्यवसायीको हकअधिकारका लागि लडिरहेका तिनै बिकाश शारडा ब्यक्तिगत रूपमा चाहीँ सुरक्षित नरहेको बिभिन्न घटनाक्रमले बताउँछ । हालैको घटनाले पनि यही पुष्टि गर्छ ।

लहानस्थित बिकाश शारडाको सुनचाँदीको गरगहना पसल बिकाश ट्रेडर्समा लुटपाट मच्याउने योजना बनाइरहेका ४ जनालाई प्रहरीले पक्राउ गर्यो । यो खबरले सिँगो लहानलाई तरङ्गित बनायो । स्मरण रहोस्, यसअघि पनि लुट्ने उद्देश्यले बिकाश शारडाको पसलमा बम आक्रमण प्रयास गरिएको थियो । उतिबेला उनी स्वंय र उनको परिवार बालबाल जोगिएको थियो ।

बिकाश शारडामाथी यसरी किन पटकपटक आक्रमण प्रयास भइरहेका छन् ? के उनले सरकारलाई राजश्व तिरेर कारोबार गर्न नपाउने हुन् र ? भनिन्छ, हाम्रो समाजमा अरूको उन्नतीप्रगती देखिसहँदैनन् । पटक–पटक शारडा र उनको ब्यवसायलाई टार्गेट गरिनुमा टाढाका भन्दा पनि उनका नजिकका उनीमाथी जल्नेहरू नै सक्रिय हुनुपर्छ ।

बिकाश शारडाको उन्नतीप्रगतीमा जल्नेहरू बढेको पनि हुनसक्छ । अहिले लहानको ब्यापारमा गिरावट आएको छ । सुनचाँदी पसलहरूमा त कुनै दिन बोहोनी पनि हुन छाडेको बताउँदै आएकाछन्, शारडा । ब्यापारब्यवसाय प्रभाबित हुँदा लहानको अर्थतन्त्र स्वतः प्रभाबित हुने नै भयो । यतिबेला ब्यापारीहरू बैंकको ऋणले त्राहिमाम छन् ।

ब्यापार नचल्दा बैंकको किस्ता तिर्न नसक्ने अबस्थामा लहानको ब्यापारी रहेको बिकाश शारडाले बताउँदै आएका छन् । यस्तो बेला उल्टै ब्यापारीलाई लुट्न खोज्नु र योजना बनाउनु भनेको ब्यापारीहरूमा रहेको आत्मबल गिराउन खोज्नु हो । लहानको समग्र अर्थतन्त्रमा यसको असर नपर्ने कुरै भएन । यस्तोबेलामा राज्यले स्थानिय ब्यापारी ब्यबसायीलाई सहयोग गर्नुपर्ने देखिन्छ ।
लहानको अर्थतन्त्र चलयमान तुल्याउन बिकाश शारडा बिभिन्न उत्सवहरूको आयोजना गर्दैआएका छन् । तर, बिकाश शारडाका हरेक प्रयासहरूको मुल्याँकन हुन सकेको छैन ।

उनका स्वघोषित प्रतिस्पर्धीहरू बिकाश शारडालाई उल्टै बिभिन्न आरोपहरू लगाउन तल्लिन देखिन्छन् । तर, पनि बिकाश भन्ने गर्छन्– ‘आरोप लगाउनेहरूले आरोप प्रमाणित गर्नसक्नुपर्यो नि !’

कतिपयले बिकाश शारडामाथी राजनीतिक प्रतिशोध पनि साँधिरहेको पाइन्छ । नेपाली कांग्रेसका समर्थक शारडा भबिष्यमा सक्रिय राजनीतिमा आउनसक्ने सम्भाबना प्रबल छ । जुन कुरा कतिपय कांग्रेसीहरूलाई सÞैह्य नहुनसक्छ ।
शारडाको सपरिवार अहिले अन्य ब्यवसायलाई थाती राखेर सुनचाँदी ब्यवसायमा छ । सुनचाँदीको गहना बनाउने दलित समुदायका ५० बढी कालिगढलाई रोजगारी दिएका छन् ।

बाताबरण अनकूल नभएको भन्दै ठूलाघरना माडबाडी समुदायका कतिपयले त लहान छाडीसकेकाछन्, जुन लहानका लागि ठूलो घाटा हो । ति मारवाडीहरूले लहान छाडेसँगै उनीहरूले गर्ने लगानी र रोजगारी पनि लहानबाट सरेको छ ।

शान्तिसुरक्षामै खलल पुग्नथालेपछि भएका मारबाडी समुदाय पनि लहान छाड्ने मानसिकतामा रहेको बताइन्छ । जुन लहानको अर्थतन्त्रका लागि ठूलो घाटा हो । बिकाश शारडामाथी प्रहार भइरहनु भनेको लहानका समग्र मारवाडी समुदायमाथी आक्रमण प्रयास गरिनु हो । किनभने बिकाश शारडा मारवाडी समुदायका प्रतिनिधी पात्र हुन् ।

त्यसैले लहानका मारवाडी समुदायलाई टिकाइरहन उनीहरूलाई प्रोत्साहनको जरूरी देखिन्छ । स्थानिय नागरिक समाज, सञ्चारकर्मी, स्थानिय राजनीतिकर्मी, स्थानिय सरकार लगायत प्रदेश र केन्द्र सरकार पनि यस बिषयमा गम्भिर हुन आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस्