Logo
Logo

सुर्य थापाकाे प्रतिवाद : भने, ‘कांग्रेसले कुप्रचार गर्‍यो’


2k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्यूठान् कांग्रेसले कुप्रचार गरेको आरोप बताएका छन् । कांग्रेसका प्यूठान जिल्ला सभापति विष्णुकुमार गिरीले शुक्रबार विज्ञप्ति जारी गरी सांसद थापामाथि जिल्लामा आयोजना भएका विभिन्न कार्यक्रममा अलोकतान्त्रि व्यहार देखाएको र गठबन्धको गरिमालाई समेत बिखण्ड गर्ने ‘हेट स्पिच’ दिएको आरोप लगाएका थिए ।

कांग्रेसको उक्त आरोप सञ्चार मिडियामा आएप्छि त्यसको सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्दै सांसद थापाले प्यूठानका कांग्रेसले कुप्रचार गरेर दिउँसै रात पार्ने कोशिस भएको बताएका छन् ।

सांसद थापाले शनिबार फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै भनेका छन्, ‘काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ । यसका बारेमा नेकपा(एमाले), प्यूठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ ।’

उनले कांग्रेस सभापति गिरीले लगाएको ‘जितको उन्माद’को आरोपमा भने थापाले चुनौतीसमेत दिएका छन् ।
‘पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन । यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन । अनि किन कुण्ठाग्रस्त?,’ थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्