काठमाडौं । जसपा नेपालले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको छ ।

अध्यादेशहरू स्वीकृतिको प्रक्रिया अगाडि बढाउने सत्ता गठबन्धनको निर्णयमा आफ्नो सहमति नरहेको जसपा नेपालका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।
प्रवक्ता सुमनले भूमिसम्बन्धी अध्यादेशमा संशोधन अमान्य रहेको र फिर्ता नै हुनुपर्ने पूर्वअडानमा आफूहरू कायमै रहेको बताए । अन्य पाँचवटा अध्यादेश पनि जस्ताको तस्तै पारित गराउन समर्थन नगर्ने उनले बताए ।
उनले भूमिसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म त्यसमा समर्थन हुन नसक्ने स्पष्ट हुन आग्रह गरे ।