Logo
Logo

सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने


3.2k
Shares

काठमाडौँ । सत्तारुढ दलहरूले राष्ट्रियसभामा अध्यादेश पेस गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले अध्यादेश पास गर्ने प्रक्रिया अघि बढाउने सहमति बैठकमा भएको जानकारी दिए । ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । राष्ट्रियसभाको ६ गते बस्ने बैठकमा अध्यादेशहरू निर्णयार्थ टेबल हुन्छन्’, गृहमन्त्री लेखकले भने ।

भूमिसम्बन्धी अध्यादेश पास गर्नेबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्