
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल जाने भएका छन् । उनी बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न आज बिहान बर्न अस्पताल जान लागेका हुन् ।
उपचाररत अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई लाई भेट्न राष्ट्रपति विहान १० बजे कीर्तिपुर जाने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए । उनीहरुको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।