Logo
Logo

संसद्मा विचाराधीन सबै विधेयक अघि बढाउने सत्तारुढ दलको निर्णय


1.3k
Shares

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय भएको जानकारी दिए । चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले बताए

प्रतिक्रिया दिनुहोस्