Logo
Logo

रास्वपा सांसद तोसिमाको रिटमा आज फैसला सुनाउँदै सर्वोच्च


7.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज आइतबार निर्णय सुनाउने भएको छ ।

सांसद कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको मुद्दामा सुनुवाइ पूरा भई आज निर्णय सुनाउन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको हो । उक्त इजलासले गत पुस २५ गते नै मुद्दालाई ‘निसु’मा पु¥याएको थियो ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी थिइन् । त्यसपछि निर्वाचन आयोगले लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिन नमिल्ने भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्