Logo
Logo

अर्थमन्त्री र मेयरको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द


1.1k
Shares

काठमाडौं । कीर्तिपुर अस्पतालले उपप्रधान एव अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो । घाउको अवस्थाका बारेमा ड्रेसिङपछि अद्यावधिक गरिने अस्पतालले जनाएको छ ।

साथै मन्त्री पौडेल र मेयर आचार्यको भेटमा रोक लगाइएको छ । अवस्था सामान्य भए तापनि संक्रमण हुने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि हाललाई भेटघाट गर्न बन्द गरिएको अस्पतालका प्रमुख नकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्