Logo
Logo

सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न माग


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट पीडित हुने गरेको भन्दै सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी हुन् ।

आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपत्कालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई थियो । त्यस्तै उनले सदनमा जलनसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको भन्दै जलन विधेयक पारित गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्