Logo
Logo

वर्षमानलाई ओलीको प्रतिप्रश्न- मेरै पार्टी फुटाउनलाई अध्यादेश जारी गरेको होइन


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको विरोध गर्दै प्रश्न गरेको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनलाई नेकपा एमाले फुटाउन माओवादी नेतृत्वको सरकारले अध्यादेश जारी गरेको होइन ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले २०८० मा अध्यादेश ल्याउँदा नेकपा माओवादी केन्द्र नै सरकारमा रहेको र अहिले प्रश्न गर्नुको औचित्य नभएको बताए ।

उनले भने, ‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र ? अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ । पार्टी फुटाउनका लागि ल्याउन लागिएको भनेर । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’

प्रतिक्रिया दिनुहोस्