काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा केबलकार बनाउनु पर्छ भन्दै ‘नो केबलकार’ पक्षधरको विरोधीलाई कालो मोसो दलेर माफी मगाइएको छ ।
नो केबलकार पक्षधरले पदम चेम्जो मोबोलाई कालो मोसो दलेर माफी माग्न लगाइएको हो । कालो मोसो दलिदिएपछि उनले आगामी दिनमा केबलकार विरोधीको पक्षको नबाल्ने/नलेख्ने भन्दै माफी मागेका छन् ।

गत माघ १२ गते पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर ‘नो केबलकार’ पक्षधर र प्रहरीबिच झडप हुँदा २६ जना घाइते भएका थिए । त्यसपछि आन्दोलन चर्किँदै आएको छ ।
केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले गत माघ २८ गते थप आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।
माघ २७ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएसँगै नो केबलकार समूहले थप आन्दोलनको कार्यक्रम घोषणा हो ।
उनीहरूले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔँ पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।