Logo
Logo

जनमतका नेताहरूले गरे हतियार प्रदर्शन


7.5k
Shares

रौतहट । जनमत पार्टीका नेताहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका छन् । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले हतियार प्रदर्शन गरेका हुन् ।

अब्दुल खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिवार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।

यस्तै उनीहरू (उपाध्यक्ष र जिल्ला इञ्चार्ज) डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जिल्ला इञ्चार्जसमेत रहेका जमसेदले भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इञ्चार्ज शेष जमसेदसँग सोधपुछ समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले लाइसेन्स प्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरूको इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले हामीले जमसेदलाई सोधपुछ पछि छाडेका छौं ।’

प्रतिक्रिया दिनुहोस्