Logo
Logo

साहलाई ओलीको जवाफ- मेरो कारणले युवाहरु विदेश जानलाई म म्यानपावर सञ्चालक होइन


3.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहले अपमानित ढंगले प्रश्न शोधेको भन्दै आक्रोशित बनेका छन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा सांसद साहले आफ्नो प्रश्न राखेपछि प्रधानमन्त्री ओलीले साहको प्रश्न मनमा रहेको घृणा मात्रै भएको र अपमानित ढंगले प्रश्न शोधेको उल्लेख गरे । साहले वैदेशिक रोजगारमा नेपालीलाई विदेश पटाउँदा कति लाभ गर्नुभयो ? जिडिपीको झन्डै एक तिहाइ राजस्व उठाएर कर आतङ्क सिर्जना गरेको, अवैध सम्पत्तिलाई किन रोक्न राक्नुभएन ? लगायतका प्रश्न गरेका थिए । 

त्यसपछि प्रधानमन्त्री ओलीले आफू कुनै म्यानपावर सञ्चालक नभएको र आफ्नो कारणले युवाहरू विदेश नगएको बताए । उनले संसद् जस्तो गरिमामय स्थानमा अपमानित भाषा प्रयोग गरेको बताएपछि सांसद साहले आपत्ति जनाएका थिए भने सभामुख देवराज घिमिरेले सवाल जवाफ नगर्न सांसद साहलाई निर्देश गरेका थिए ।  

त्यसपछि प्रधानमन्त्री ओलीले साहको प्रश्नको खासै जवाफ दिनुनपर्ने भन्दै आफ्नो जवाफ सकिएको जानकारी सभामुखलाई गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्