Logo
Logo

प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे : प्रभु साह


1.1k
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरेको टिप्पणी गरेका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै साहले आफूले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उठाएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले आफ्नो प्रश्नमाथि गरेको टिप्पणीको नियमापत्ति गर्न खोज्दा सभामुखले बोल्नबाट रोकेको भन्दै उनले आपत्ति जनाए । 

त्यस्तै उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य सकिएको तर्क गरे । प्रधानमन्त्रीमा देश चलाउँछु भन्ने मानसिकता नरहेको उनले बताए ।

यता संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी ओलीले सांसदको प्रश्नको जवाफ किन नदिनुभएको भन्ने सञ्चारकर्मीको प्रश्नको कुनै प्रतिक्रिया नदिई हिँडेका थिए ।   

प्रतिक्रिया दिनुहोस्