Logo
Logo

अर्थमन्त्री र मेयरको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा


4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलन विस्फोट भएर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्