Logo
Logo

प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने


819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले आज मध्यान्ह १२ बजे बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो। ओलीले अजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्