Logo
Logo

सेती प्रादेशिक अस्पतालका डाक्टरमाथि आक्रमण


945
Shares

काठमाडौं । सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा ड्यूडिमा रहेका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार आइसीयूमा बिरामी चेकजाँच गरेर फर्किने क्रममा २४ वर्षीय कृष्ण रानाले डाक्टर भट्टमाथि आक्रमण गरेका हुन् । रानाको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा सामान्य चोट लागेको छ ।

डाक्टर भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने रानालाई पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिए । उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुुरुवा बसेका थिए । उनको बुबाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्