
काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने सबैभन्दा छोटो सडकमार्गको रूपमा रहेको हेटौंडा–चखेल–मातातीर्थ सडक ४५ दिन बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ को कार्यालयले सूचना जारी गर्दै उक्त सडक स्तरोन्नति तथा मर्मतका लागि डेढ महिना बन्द गर्न लागिएको जानकारी दिएको हो ।
इन्द्रसरोवर गाउँपालिका–५ को महालक्ष्मी सडकको मोडहरूमा ढलानको काम गर्नुपर्ने भएकोले हिजो (आइतबार)देखि चैत २१ गतेसम्म उक्त सडकमा सवारी आवागमन बन्द गरिएको वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए ।