
काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज (सोमबार) बिहान ८ : २२ मिनेटमा मनाङमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो । त्यस्तै आज बिहान नै भारतको नयाँ दिल्लीमा पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।














