Logo
Logo

सहायक रथि महरालाई लेबनान शान्ति मिसनकाे डेपुटी फोर्स कमाण्डको जिम्मेवारी


5.4k
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघ शान्ति मिसनअन्तर्गत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल)को डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी नेपाली सेनाका सहायक रथी मानबहादुर महरालाई दिइएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार दुईवर्षे कार्यकाल सकेर उपरथी चोकबहादुर ढकाल फर्किएलगत्तै उनी यो जिम्मेवारीमा जान लागेका हुन् । ढकाल फर्किने क्रममा शनिबार मध्यराति प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उद्धार गरेर उनलाई युएनको लेभल थ्री अस्पताल बेरुतमा उपचारका लागि लगिएको थियो । अस्पतालबाट उनी आइतबार डिस्चार्ज भइसकेका छन् ।

जनसम्पर्क निर्देशनालयका अनुसार हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् । त्यसमध्ये लेबनानमा मात्र ८७७ जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्