Logo
Logo

महाकुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना, ३ नेपालीको मृत्यु


1.2k
Shares

काठमाडौं । भारतको प्रयागराज महाकुम्भ मेलाबाट स्नान गरेर फर्किएका नेपाली सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको गाडी दुर्घटना हुँदा तीनले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए । दुर्घटना परी सवारी चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्