Logo
Logo

अर्थमन्त्री अस्पतालबाट डिस्चार्ज


4.3k
Shares

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पताका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो । सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ । उनमा जलनको घाउ निको हुँदै गए पनि उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्