Logo
Logo

भीम दाहाल एकीकृत समाजवादी बागमतीको अध्यक्ष निर्वाचित


2.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् । सोमबार सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।

दाहालको नेतृत्वमा गोविन्द नेपाली र राजु श्रेष्ठ उपाध्यक्ष, एलपी श्रेष्ठ सचिव तथा नानिराम चौलागाई, निरू खरेल र दिपक धनुके उपसचिव निर्वाचित भएका छन् ।

अधिवेशनले १८६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्