Logo
Logo

प्रकृति लम्साल मृत्यु घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग


1.3k
Shares

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न माग गरेको छ ।

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि अखिल भारतीय विद्यार्थी परिषद्ले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र पूर्ण अनुसन्धान गर्न माग गरेको हो ।

‘अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ,’ परिषदद्वार जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुले प्रकृति मृत्यु घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै विश्वविद्यालय प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रकृति मृत्यु घटना बाहिरिएपछि नेपाली विद्यार्थीहरु दुर्व्यवहार र आक्रमणको निशानामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्