
काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा कर्मचारीहरुलाई निलम्बित गरेको छ ।
केआईआईटी कलेजले बुधबार विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुईजना सुरक्षा कर्मचारी, दुईजना होस्टल कर्मचारी र एक जना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रशासन अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको जानकारी दिएको हो ।
कलेज प्रशासनले प्रकृति मृत्यु घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आइतबार केआईआईटीमा अध्ययनरत बुटवलकी लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । सो घटनापछि नेपाली विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई होस्टेलबाटै निकालेको थियो ।